राजनितीसमाचार

दाङ र अर्घाखाँचीमा नेकपाको पत्ता साफ, कांग्रेसले खोस्यो

दाङ र अर्घाखाँचीमा नेकपाको पत्ता साफ, कांग्रेसले खोस्यो

१५ मंसिर २०७६ काठमाडौं : मङ्सिर १४ गते भएको उपचुनाव अन्तर्गतको अर्खाखाँची र दाङमा भएको वडाअध्यक्ष पदको निर्वाचनमा कांग्रेसले नेकपलाई हराउदै बिजयी सुरुवात गरेको छ । अघिल्लो चुनावमा नेकपाले जितेका यी स्थानमा यसपटक कांग्रेसले बाजी मारेको हो ।

घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका तारा डिसीले जित दर्ता गरेका हुन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे ।

नेपाली कांग्रेसका ताराबहादुर डीसीले १ हजार २ सय १८ मत हासिल गर्दा नेकपाका तर्फा बाट उमेद्वारी दिएका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत पाएका छन् । नेकपाका बागी उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत पाए ।

यहाँ अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका लक्षिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको हो ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । शोभाखरले १ हजार १ सय ५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत पाए ।

राप्रपाका रणबहादुर खनालले ४ मत पाए भने ९ मत बदर भएको थियो ।

३ हजार ३० मतदाता रहेको उक्त वडामा दुई हजार दुई सय २५ मत खसेको थियो ।

नेकपाबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको हो । गत निर्वाचनमा शोभाखर ३६ मतले पराजित भएका थिए ।