प्रधानमन्त्री ओलीको समर्थनमा नुवाकोटमा प्रदर्शन
प्रधानमन्त्री ओलीको समर्थनमा नुवाकोटमा प्रदर्शन
२४ असार २०७७ नुवाकोट : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नुवाकोटमा प्रदर्शन भएको छ। नुवाकोटका युवाहरूले केपी ओलीकै सरकार ५ बर्ष सम्म चल्नु पर्ने भन्दै ब्यानर पम्प्लेट सहित प्रदर्शन गरेका छन् ।
उनीहरुले जिल्ला सदरमुकाम विदुरमा बुधबार ओली सरकारको समर्थनमा गरेको प्रदर्शनमा ओली सरकार ढाल्न लागि परेका विदेशीका भरियाहरूको विरूद्धमा प्रदर्शन गरेको बताएका छन् ।
प्रदर्शनका क्रममा बोलि अलि पिरो हो, केपी ओली हिरो हो जस्ता नारा भएका ब्यानर समेत प्रदर्शन गरिएका थिए।
