बामदेव फेरि ओलीतिरै ढल्किए
बामदेव फेरि ओलीतिरै ढल्किए
१३ साउन २०७७ काठमाडौं : नेकपा सचिबालय सदस्य बामदेव गौतम फेरी नेकपा अध्यक्ष केपी शर्मा ओलीतिरै ढल्किने संकेत दिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको समीकरणमा फेरबदलको संकेत देखिएको छ ।
केहि समय अघि पार्टीभित्रको बिबाद उत्कर्षमा पुगेकाबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओलीतिर लागेका छन् ।
यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड-नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि यता रहेको दाबी गरेका छन् । यसो भएमा नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ ।
बामदेवको प्रस्ताव : ओलीलाई दुवै पदबाट नहटाऔं
गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।
प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।
नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् ।