सल्यानको कुमाखमालिका ५ मा नेकपा विजयी
सल्यानको कुमाखमालिका ५ मा नेकपा विजयी
१४ मंसिर २०७६ सल्यान : मङ्सिर १४ गते सम्पन्न उपचुनाव को नतिजा आउन सुरु भए लगत्तै नेकपाले आफ्नो तेश्रो जित दर्ता गरेको छ । तेश्रो जित निकाल्ने क्रममा कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मत पाएर विजयी भएका छन् ।
बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले २५१ मत मात्र पाएका छन् भने राप्रपाले २१ मत पाएको छ र त्यसैगरि ६० मत बदर भएको छ ।
सल्यानको कुमाखमालिका गाउपलिका ५ यसअघि पनि नेकपाले नै जितेको ठाउँ हो । गत चुनावमा माओवादी केन्द्रका हरि प्रकाश बुढाथोकीले ७८८ मत ल्याएर जितेका थिए भने एमालेले २२९ मत ल्याएको थियो । दुई पार्टी मिल्दाखेरि यसपालि नेकपाको भागमा ७९२ मत परेको छ ।
कांग्रेसले यस अघिको चुनावमा यस वडामा १८० मत मात्रै पाएको थियो भने यसपालि केही मत बढाउन सफल भाएको छ ।