राजनितीसमाचार

शिवामाया तुम्बाहाङ्फे कानुन मन्त्री नियुक्त, सपथ आजै

शिवामाया तुम्बाहाङ्फे कानुन मन्त्री नियुक्त, सपथ आजै

५ फागुन २०७६ काठमाडौँ: नेकपाकी केन्द्रिय सदस्य एवम् प्रितिनीधिसभा साम्सद शिवामाया तुम्बाहाङ्फे कानुन मन्त्री नियुक्त हुनु भएको छ। उहालाई ओली सरकारले आजै कानुन मन्त्री नियुक्त गरेको हो।

उपसमाभूख पदबाट राजीनामा दिनुभएको शिवामाया तुम्बाहाङ्फेलाई केहि दिन विश्राम दिदै नेकपाले नँया जिम्मेवारी दिदै कानुन मन्त्रीमा नियुक्त गरिएको हो ।

शिवामाया तुम्बाहाङ्फेको सपथ ग्रहण कार्यक्रम आजै ३:३० बजे राखिएको छ । उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनु भएको थियो ।

सपथका लागि शितल निवासमा तयारी भइ रहेकाे राष्ट्रपतिका सल्लाहकार डा.भेषराज अधिकारीले बताउनुभयाे ।