साग उद्घाटन: बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइने
साग उद्घाटन: बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइने
१४ मङ्सिर २०७६ काठमाडौँ : मंसिर १५ गते हुने सग उद्घाटन खेलका लागि भनेर सरकारले जोर बिजोर प्राणी लागु गरे संगै भोलि हुने सग खेलको उद्घाटनमा बिजोर नम्बर प्रणाली लागु गरेको छ। यो संगै भिली बिजोर नम्बर भएका सवारी मात्र सडकमा गुड्न पाउनेछन्। यदि तपाइको गाडीको नम्बर जोर छ भने आइतबार गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ ।
अर्को जानकारी के भने केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् । बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् । किन की, आइतबारदेखि दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
केही दिन अघि देखिनै खेल सुरु भए पनि सागको औपचारिक उद्घाटन भने आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तथा विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले बिजोर नम्बरका गाडी मात्रै चलाउन भनेको छ। ‘खेलकूद प्रतियोगितालाई शान्तिपूर्ण र भयरहित बनाउन तथा यातायत व्यवस्थापन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै समापनको दिन मंसिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ।