थवाङको वडाध्यक्षमा पनि नेकपा विजयी
थवाङको वडाध्यक्षमा पनि नेकपा विजयी
१४ मंसिर २०७६ काठमाडौं : मङ्सिर १४ गते सम्पन्न उपचुनाव को नतिजा आउन सुरु भए लगत्तै नेकपाको बिजयी सुरुवात भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी सुरुवात गरेको नेकपाले अर्का एक स्थान पनि जित हासिल गरेको छ। रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए ।
रोल्पाको थवाङ गाउँपालिका १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो । शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् । उनले १७४ मत पाएर बिजयी घोसित भएका हुन् ।
रोल्पा थवाङको यो वडामा कुल मतदाता १२८४ भएपनि २०९ मत अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो । आज सम्पन्न उपचुनावमध्ये सबै भन्दा कम मतदान हुने केन्द्र पनि यहि हो । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत मात्र पाएका छन् ।
यसपटकको चुनाव विप्लव समूहले बहिस्कार गरेपछि १२ सय मतदाता भएका ठाउँमा पनि १७४ मत ल्याउने नेकपाका जनकबहादुर विजयी बनेका हुन् ।