१३ औं साग : स्वर्ण पदकका लागि भारतले नेपालसँग खेल्ने
१३ औं साग : स्वर्ण पदकका लागि भारतले नेपालसँग खेल्ने
१५ मङ्सिर २०७६ काठमाडौँ: महिला भलिबलमा स्वर्ण पदकका लागि भारतले नेपालसँग खेल्ने भएको छ ।
१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको टोलि श्रीलंकालाई ३-० को ओझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ भने भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले पहिलो सेट २५-१४ जित दर्ता गरेको थियो भने दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ जित्न सफल भएको थियो ।
भारतले भने पहिलो सेटमा २५–१४ दुस्रो सेटमा दोस्रो सेट २५-०६ र अन्तिम तेस्रो सेटमा २५ – १७ जित दर्ता गरेको छ ।
सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो ।
अब नेपाले मंगलबार स्वर्णपदकको लागि भारतसँग खेल्दै छ ।
राष्ट्रिय खेलकुद परिषदले भलिबल हेर्नका लागि टिकट मूल्य ५ सय राखिएको छ ।
टिकट इसेवाबाट किन्न सकिनेछ ।
प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गर्नेछ ।
अनलाइन र युट्युबमा प्रत्यक्ष प्रशारण गर्न पाईने छैन् ।