अन्तरास्ट्रियराजनिती

हङकङ आन्दोलनलाई ट्रम्पको समर्थन

हङकङ आन्दोलनलाई ट्रम्पको समर्थन

१२ मंसिर २०७६ काठमाडौं : केहि महिनादेखि लगातार रुपमा भईरहेको हङकङ आन्दोलनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हङकङका प्रदर्शनकारीहरूको पक्षमा खुलेर समर्थन जनाएका छन् ।

गत महिना हङकङको संसदमा पेस भएको सुपुर्दगी सन्धिको विरोधमा प्रदर्शन भइरहेको छ । यस्सै बिषयलाइ लिएर ट्रम्पले प्रदर्शनकारीहरूलाई समर्थन गर्ने अमेरिकी संसद्को विधेयकमा हस्ताक्षर गरेका हुन् । हङकङका जनताले प्रजातन्त्र माग्दै आन्दोलन जारी रहेको र उक्त विधेयकको बिरोध जनाईराखेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन, ‘चीन, त्यहाँका राष्ट्रपति सी चिनिफिङ र हङकङका जनताप्रति सम्मान दर्शाउन आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको हुँ।’

हङकङमा प्रजातन्त्र तथा मानव अधिकार विधेयक अमेरिकी कंग्रेसमा पेस भएको हो । पेस गरिएको विधेयकले संसदबाट पारित भएर कानूनी मान्यता पाएको छ भने उक्त विधेयकले सोझै हङकङका जनताको समर्थन गरिने प्रकारको छ ।

विश्व व्यापारलाई लिएर अमेरिकासँग चीनको सम्बन्ध पछिल्लो समय सुमधुर छैन । चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आइरहेको छ ।

यहीबीच अमेरिकाले ल्याएको नयाँ कानूनले चीनलाई थप आक्रोसित बनाउन सक्छ ।