देशराजनितीसमाचारसमाज

ज्ञानेन्द्र शाही ‘नेपालका लागि नेपाली’ अभियानबाट निस्कासित

१२ मंसिर २०७६ काठमाडौं : युट्युब मार्फत सामाजिक कुरीति एबम भ्रस्टाचार बिरुद्ध चर्को स्वर गर्दै ख्याती कमाएका ज्ञानेन्द्र शाही ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ताबाट निस्कासित भएका छन् । बुधबार बसेको ‘नेपालका लागि नेपाली’को केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

उनलाई बुधबार निस्कासन गरिएको उक्त अभियानका अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए। वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, शाहीले त गणतन्त्रको कुरा गर्न थाले ।’

न्यौपानेले भने,’अब उप्रान्त शाहीले दिने कुनै पनि अभिव्यक्ति, कार्यक्रम र गतिविधिमा ‘नेपालका लागि नेपाली’ अभियानको संलग्नता रहनेछैन ।

यो नेपालका लागि नेपाली अभियानले बिगतका बर्षदेखि संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।