Breakingअन्तरास्ट्रियकोरोनाभाइरसस्वास्थ्य

विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ २०७७ काठमाडौं : पछिल्लो समय टकरावका बीच चलिरहेको अमेरिका र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बीच को सम्बन्धमा फाटो आएको छ। यो संगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको र डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप ट्रम्पले लगाएका छन् । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ ।आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताएका छन् ।

अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ ।

कोरोना भाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ । तर अमेरिका अहिले कोरोनाबाट विश्वमै बढी प्रभावित देश बनेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख २ हजार ७ सय ९८ जनाको ज्यान गइसकेको छ भने १७ लाख ४५ हजार ६ सय ६ जना संक्रमित छन् ।