भारतमै भेटियो लिम्पियाधुरा नेपालकै भएको प्रमाण, कुटीयाङ्दी नदि हो सिमाना
भारतमै भेटियो लिम्पियाधुरा नेपालकै भएको प्रमाण, कुटीयाङ्दी नदि हो सिमाना
१२ मंसिर २०७६ काठमाडौँ : पछिल्लो समय नेपालको पश्चिमी भूभागमा भएको नेपाल र भारतबिचको सिमा बिबादमा भारतले एकतर्फी देखाएको पुस्टि भएको छ। यस सम्बन्धमा नेपालले लिम्पियाधुरा नेपाली जमिन नै भएको प्रमाण भारतीय अभिलेखमा फेला पार्न सफल भएको छ। नेपालले भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै रहेको उल्लेख फेलापरेको छ ।
नेपालले भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको स्पस्ट तथ्य फेला परेको हो । भारतले सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट लेखेकों छ। स्थानीय सौका भाषामा ‘काली नदी’लाई ‘कुटीयाङ्दी’ भनिन्छ । सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ भने अहिले उक्त क्षेत्र आफ्नै भएको दाबी समेत गरेको छ।
सुगौली सन्धिमा समेत नेपालको पश्चिम सीमा ‘काली नदी’ उल्लेख भएको तर कुटीयाङ्दी नदीलाई हटाएर नक्कली कुलोलाई नै काली मानेर भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । भारतको राजपत्रमा स्पस्ट भनिएको छ, ‘काली नदीको उद्गमस्थल लिम्पियाधुरा क्षेत्रको कुटीयाङ्दी हो ।’ भारतले सन् १८५६ पछिका नक्सामा काली नदीलाई सारेर लिपुखोला काली नदी भनेको छ भने वास्तविक काली नदीलाई कुटीयाङ्दी भनेको छ ।
नेपालका सीमा अभियन्ता श्याम श्रेष्ठले बुधबार भएको छलफलमा राजपत्रमा काली नदीको शिर लिम्पियाधुरा स्पष्ट उल्लेख रहेको जानकारी दिएका छन् । उनले तथ्य, प्रमाण, नक्सा र ऐतिहासिक पृष्ठभूमिले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको स्पष्ट रहेकाले सबै प्रमाण संकलन गरेर भारतसँग वार्तामा बस्नुपर्ने सरकारलाई सुझाए ।
उक्त छलफलमा श्रेष्ठले महाकाली सन्धिताका पदमरत्न तुलाधरको संयोजकत्वमा सीमा अतिक्रमण प्रतिकार समिति गठन गरेर आफूहरूले एक वर्ष ३ महिना लगाएर तथ्य संकलन गरेको जानकारी गराए । उनका अनुसार नापनक्सा खोजबिन उपसमिति र ऐतिहासिक तथ्य खोजबिन समितिले बेलायतसम्म पुगेर तथ्य ल्याएको थियो । अन्नपूर्ण पोस्टबाट
