खेलकुदफुटबल

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै: नेपाली समय र लाईभ बारे सम्पूर्ण जानकारी

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै: नेपाली समय र लाईभ बारे सम्पूर्ण जानकारी

११ मङ्सिर २०७६ एजेन्सी: युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज कूल ८ खेल हुँदैछन् ।

आज हुने खेलमा सबैभन्दा बढी आकर्षणको केन्द्र स्पेनिस महारथी रियल मड्रिड र फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीको खेल हुने छ ।

अर्को खेलमा भने टालियन महारथी युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोले मड्रिडसँग प्रतिस्पर्धा गर्दैछन् ।

आजै राति ईङ्लिस क्लब टोटेनहमले ग्रिसको ओलम्पियाकोस तथा म्यान्चेष्टर सिटीले युक्रेनको शख्तर डोनेट्स्कको भ्रमणमा निस्कने छन् ।

टर्कीको गलतासारेले बेल्जियमको क्लब ब्रुगसंग बिरुद्ध खेल्नेछ ।

यता रुसको लोकोमोटिभ मस्कोले जर्मनको बायर लिभरकुसनसंग खेल्नेछ भने सर्बियाको रेड स्टार बेलग्रेडले जर्मनको बार्यन म्युनिखसंग तथा ईटालीको एटालान्टाले क्रोएसियाको डायनामो जाग्रेबको भ्रमण गर्नेछ ।

कसरी हेर्ने लाईभ –
नेपालमा युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लाईभ सोनी नेटवर्क बाट हेर्न सक्नु हुन्छ । www.sonyliv.com लगिन गरेर पनि हेर्न सक्नु हुने छ । sonyliv मोबाइल एपडाउन लोड गरेर पनि हेर्न सक्नु हुने छ ।

यी हुन् आज हुने खेल र समय :
लोकोमोटिभ मस्को बिरुद्ध बायर लिभरकुसन:(११:४० बजेदेखि)
गलतासारे बिरुद्ध ब्रुग:(११:४० बजेदेखि)
रियल मड्रिड बिरुद्ध पेरिस सेन्ट जर्मेन:(१:४५ बजेदेखि)
युभेन्ट्स बिरुद्ध एट्लेटिको मड्रिड:(१:४५ बजेदेखि)
म्यान्चेष्टर सिटी बिरुद्ध शख्तर डोनेट्स्क:(१:४५ बजेदेखि)
युभेन्ट्स बिरुद्ध एट्लेटिकोले मड्रिड:(१:४५ बजेदेखि)
एटालान्टा बिरुद्ध डायनामो जाग्रेब:(१:४५ बजेदेखि)
बेलग्रेड बिरुद्ध बार्यन म्युनिख:(१:४५ बजेदेखि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *