प्रमको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन
प्रमको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन
११ मङ्सिर २०७६ काठमाडौँ:प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन भएको छ ।
प्रधानमन्त्रीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको छ ।
प्रधानमन्त्री ओलीको पेट असाध्यै दुखेपछि आज बिहान करिब साढे ९ बजे अस्पताल भर्ना गरिएको थियो।
अपरेशन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ तर कति दिन बस्नु पर्ने कुरा बतायिएको छैन ।
आज भन्दा १२ प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
१२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको ग्राण्डी अस्पतालमा ४ पटक डायलायसिस गराइसकेका छन् ।