१३ औं साग: पुरुष र महिला क्रिकेटबारे सम्पूर्ण जानकारी
१३ औं साग: पुरुष र महिला क्रिकेटबारे सम्पूर्ण जानकारी
११ मङ्सिर २०७६ काठमाडौँ : १३ औँ सागको खेलहरु येही डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुँदै छ ।
दक्षिण एसियाली खेलकुद (साग)को क्रिकेटतर्फको खेल भने यही २ डिसेम्बर देखि १० डिसेम्बर सम्म हुँदै छ ।
महिला तर्फको क्रिकेटको आयोजना पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आयोजना हुनेछ भने पुरुष विधा तर्फको क्रिकेट टियु मैदान किर्तिपुरमा आयोजना हुनेछ ।
पुरुष र महिला दुवै क्रिकेटतर्फ क्रिकेटमा भारत र पाकिस्तान सहभागीत जनाएको छैन ।
नेपाल सहित ५ राष्ट्र बंगलादेश, भुटान माल्दिभ्स र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। बंगलादेश र श्रीलंकाले भने आफ्नो अन्डर-२३ टिम सहभागी गराउदैछ।
महिला क्रिकेटको खेलतालिका
महिला क्रिकेटको सार्वजनीक खेलतालिका अनुसार नेपालले आफ्नो पहिलो खेल मंसिर १७ गते माल्दिभ्सबिरुद्द बिहान ११ बजे खेल्ने छ ।
दोस्रो खेल बिहान ९ बजे बंगलादेशबिरुद्द खेल्ने छ ।
तेश्रो खेल श्रीलंकासंग मङ्सिर १९ मा ९ बजे खेल्नेछ।
सबै टिमले एकअर्कासंग खेलीसकेपछि शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछन भने तेस्रो र चौथो स्थानमा रहने टिमबीच तेस्रो स्थान (कास्य पदक) का लागी प्रतिष्पर्दा हुनेछ ।
२१ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २२ गते हुनेछ।
पुरुष क्रिकेटको खेलतालिका
पुरुष तर्फ नेपालले आफ्नो पहिलो खेल मंसिर १७ गते बिहान ११ बजे श्रीलंकाबिरुद्द, दोस्रो खेल १९ गते बिहान ९ बजे भुटानसँग, तेस्रो खेल २० गते दिउँसो १ बजे माल्दिभ्ससंग र लिगको अन्तिम खेलमा नेपालले २१ गते बिहान ११ बजे बंगलादेशसँग खेल्नेछ।
लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछन भने तेस्रो र चौथो स्थानमा रहने टिमबीच तेस्रो स्थान (कास्य पदक) का लागी प्रतिष्पर्दा हुनेछ ।
२३ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल मङ्सिर २४ मा खेलिनेछ।
नेपाली पुरुष टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान (वैकल्पिक – रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल)
सागको लागि नेपाली महिला टिम :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उपकप्तान ) , इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,सोनु खड्का, ममता चौधरी, सरिता मगर, अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर