देशराजनितीसमाचार

देउवाको बचाउ गर्दै प्रवक्ता शर्माले भने, ‘सीमा बिषयमा सरकारले सार्थक पहल नगर्दा कांग्रेसले आशंका गरेको हो’

देउवाको बचाउ गर्दै प्रवक्ता शर्माले भने, ‘सीमाका बिषयमा सरकारले सार्थक पहल नगर्दा कांग्रेसले आशंका गरेको हो’

९ मङ्सिर २०७६ पोखरा : नेपाली कांगेस युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोपलाई पार्टी र सभापतिको ‘आशंका’ मात्रै रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित चुनावी सभामा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा बनाएको भन्ने आरोप लगाएका थिए ।

‘ओलीको सहमतिमा भारतले नक्सा बनाएको भन्ने सभापति देउवाको भनाइ उहाँको आशंकामात्र हो, पार्टीको ठहर होइन, उनले भने। यस विषयमा सरकार र नेकपा नेताहरुले देउवासँग जवाफ माग्नुभन्दा नरेन्द्र मोदीसँग जवाफ माग्न उचित हुने प्रवक्ता शर्माले सोमबार पोखरामै आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।

केहि समय अघि भएको सर्वदलिय बालुवाटार बैठकमा सीमा विवाद सम्बन्धमा सार्थक पहल गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएको भएतापनि अहिलेसम्म सरकारले खासै पहल नगरेकाले सभापति देउवाले आशंका गरेको उनको भनाइ थियो । ‘सरकारलाई आवश्यक सहयोग गर्दै विवाद सुल्झाउन भने पनि नगर्दा आशंका उब्जेको हो,’ उनले भने ।