देशराजनितीसमाचार

आफ्नो भुमी मिचिदा पनि सरकार बोलेन : राजेन्द्र लिङदेन

आफ्नो भुमी मिचिदा पनि सरकार बोलेन : राजेन्द्र लिङदेन

९ मंसिर २०७६ काठमाडौं : केहि समय अघि भारतले कालापानी क्षेत्र मिचेको बिषयमा राप्रपाका महामन्त्री एवम् प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देनले नेपालको भूमि मिचिदा पनि सरकार चुप लागेको आरोप लगाएका छन् ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसमेत आफ्नै देशको नक्सा भित्र पर्ने गरि समेटिएको स्मरण गराउँदै लिङदेनले सरकारले कुनै ठोस कदम नचाल्नु चिन्ताको विषय भएको बताए ।

राप्रपा लमजुङले सुन्दर बजार नगरपालिकाको परेवाडाँडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री लिङदेनले सीमा मिचिदा पनि सरकार चुप बस्ने अवस्था आउनुले राप्रपा कमजोर हुँदा राष्ट्रियता कमजोर भएको प्रमाणित भएको दाबी गरे ।