Breakingसमाचार

ज्ञानेन्द्र शाही पक्राउ (भिडियो सहित)

ज्ञानेन्द्र शाही पक्राउ

१६ श्रावन २०७७, काठमाडौँ। युवा अभियन्ता ज्ञानेन्द्र शाही बालुवाटारबाट पक्राउ परेका छन्। उनि करिब साढे १२ बजे पक्राउ परेका हुन्।

इनफ इज इनफ आन्दोलनको कार्यक्रमलाई समर्थन गर्न पुगेका शाहीलाई प्रहरीले घेरा हाली पक्राउ गरेको थियो। उनीसंगै अर्का अभियन्ता हेमराज थापा लगायत दर्जनौ प्रदर्शनकारी पनि पक्राउ परेका थिए।

आन्दोलनमा समर्थन गर्न पुगेकी नेत्री हिशिला यामी केहिबेर आन्दोलनलाई समथन गर्दै फर्किएकी थिइन।