नेकपाका पूर्वसांसद बुढाको निधन
नेकपाका पूर्वसांसद बुढाको निधन
७ साउन २०७७ काठमाडौँ : पूर्वसांसद तथा वामपन्थी नेता बर्मन बुढाको बुधबार बिहान निधन भएको छ । ९० वर्षीय बुढाको पाटन अस्पतालमा उपचारका क्रममा बिहान ४ः३० बजे निधन भएको हो । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वक्तव्यमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गुर्नभएको छ ।
वक्तव्यमा नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको तथा सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभएको उल्लेख छ ।
साथै, उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको भन्दै वक्तव्यमा शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।