कोरोनाभाइरसराजनिती

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि

१७ साउन २०७७ काठमाडौँ : जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाइ कोरोना संक्रमण भएको छ। सोसियल मिडियामा पोस्ट गर्दै साम्सद यादव स्वयमले आफु कोरोना संक्रमित भएको बताएका हुन् ।

उनले फेसबुक मार्फत लेखेका छन्, ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन।

म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’उनले फेसबुकमा लेखेका छन्। तर, कुन अस्पतामा गरिएको परिक्षणमा उनी संक्रमित रहेको पत्ता लागेको त्यो भने उनले उल्लेख गरेका छैनन् ।

यादवले आफू चाँडै कोरोना मुक्त हुने र जनताको सेवमा फर्कने बताउँदै सबैलाई जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्।