कोरोना भाइरस – यसको लक्षण र बच्ने उपाय !
कोरोना भाइरस – यसको लक्षण र बच्ने उपाय !
के हो त कोरोना भाइरस ?
कोरोना भाइरस जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । कोभिड १९ नाम दिईएको यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको बताइए पनि केहि व्यक्तिहरु केहि बर्ष पहिला यो अमेरिकाबाट उत्पति भएको बताउछन । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।
यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।
कसरी थाहा पाइन्छ कोरोना संक्रमण ?
प्राय चिसो मौसममा अत्यधिक फैलने यसप्रकारको कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि जाडोको मौसममा लाग्ने सामान्य रुघा खोकी जस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।
यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।
कसरी सुरक्षित रहने ?
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।
