कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
२९ चैत २०७६ काठमाडौँ : विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिद-१९) संक्रमण बाट मृत्यु हुनेको संख्या एक लाख भन्दा उकालो लागेको छ ।
विश्वभरबाट सनिबार सम्म एक लाख दुइ हजार ६ सय सतासी जनाको मृत्यु भैसकेको छ भने संक्रमित को संख्या १६ लाख ९७ हजार नाघेको छ । हाल सम्म संक्रमित मध्ये ३ लाख ७६ हजार बढी निको भएर घर फर्किसकेका छन्।
चीनको वुहान बाट सुरु भएको कोरोना भाइरस कोभिड-१९ संक्रमणले इटाली स्पेन हुँदै अहिले अमेरिकालाई ग्रसित बनाएको छ।
हाल सम्म अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ भने संक्रमित ५ लाख २ हजार ५९ पुगेका छन्।
त्यसैगरी इटालीमा मृत्यु हुनेहरुको संख्या १८ हजार ८ सय ४९ रहेको छ। संक्रमित १ लाख ४७ हजार ५७७ मध्ये ३० हजार ४५५ जना निको भएर घर फर्किएका छन्।
त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार ८१ रहेको छ।
