काठमाडौँमा भेटिए ५४ जना कोरोना संक्रमित
काठमाडौँमा भेटिए ५४ जना कोरोना संक्रमित
२२ असार २०७७ काठमाडौँ : पछिल्लो २४ घन्टामा काठमाडौँमा मात्र ५४ जना नयाँ संक्रमित फेला परेका छन्।
काठमाडौँ उपत्यकामा ५४ जना भेटिएकोमा काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको छ ।
क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नाै हजार ११८ जना रहेका छन् । आज २६४ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छ हजार ८११ डिस्चार्ज हुनुभएको छ । रेड जाेनमा ५१९ परेका छन् । जनकपुरमा एकजना रेड जाेनमा थपिएका छन ।
यस्तै, काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४ पुगेको छ । काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित भएका छन् ।