सुक्रबार थप ७४० मा संक्रमण पुस्टि, कुल सङ्क्रमित १५ हजार नाघ्याे
सुक्रबार थप ७४० मा संक्रमण पुस्टि, कुल सङ्क्रमित १५ हजार नाघ्याे
१९ असार २०७७ काठमाडौँ : सुक्रबार कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार नाघेेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो ।
मन्त्रालयले जनाए अनुसार हाल नेपालभर आइसोलेसनमा नाै हजार ८४ जना रहेका छन् ।
त्यस्तै कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।
देशभर छहजार १४३ डिस्चार्ज भएका छन् । देशभरबाट ८२३ जना निकाे भएर घर फर्केका छन् ।