काठमाडौँ उपत्यकामा थप १७ जना नयाँ संक्रमित फेला
काठमाडौँ उपत्यकामा थप १७ जना नयाँ संक्रमित फेला
१७ असार २०७७ काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै बुधबार थप ४८२ जना नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले नियमित प्रेसबक्तब्य जारि गर्दै थप पुस्टि भएको जानकारी गराएको छ।
थप संक्रमित संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। बुधबार थपिएका संक्रमितहरु मध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् ।
त्यस्तै आज थप एक जनाको मृत्यु भएको छ।
अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
