हावाबाट पनि फैलिनसक्छ कोरोना, भ्रम कि यथार्थ !
हावाबाट पनि फैलिनसक्छ कोरोना, भ्रम कि यथार्थ !
२२ असार २०७७ काठमाडौँ : हावाबाट पनि कोरोना भाइरस सर्न सक्ने भनि विश्वका दुई सयभन्दा बढी वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई महत्वपूर्ण जोखिमको बेवास्ता गर्दै आएको उनीहरूले आरोप लगाएका छन् ।
उनीहरुले हावाबाट भनिरहदा के साच्चै हवाबाट अन्य कुनै पनि माध्यम बिना कोरोना भाइरस फैलन सक्छ त ?
यस बिषयमा अहिलेसम्म कोरोना भाइरस सर्नसक्ने दुई तरिकाहरु जस्तै
१) तत्काल कुनै संक्रमितबाट कोरोना भाइरस सर्न सक्ने जोखिम
२) संक्रमण फैलाउन सक्ने सतहमा छोएर आफ्नो नाक, आँखा वा मुखमा छुँदा सर्ने जोखिम ।
तर विश्वका यति देह्रै बैज्ञानिकहरुले भनेको हावाबाट सर्ने भनिएको कोरोना संक्रमण कसरि एक मानिस बाट अर्को मानिसमा सर्न सक्छ त ?
अध्ययनले संक्रमितको मुखबाट निस्किएको ड्रपलेट (सूक्ष्म थोपा)को सबैभन्दा सूक्ष्म रुप (एरोसोल्स) लामो समयसम्म हावामा रहन सक्ने देखाएको छ। एरोसोल्स निकै सानो ड्रपलेट (पाँच माइक्रोनभन्दा सानो) हावामा छिटै बाफको रुपमा उडेर हराउन सक्छ। जसको कारण अन्य ड्रपलेटको तुलनामा लामो दुरीसम्म पुग्न सक्छ ।
जसको कारण बन्द कोठाभित्र राम्रोसँग हावा आवतजावत हुन नसक्ने स्थानमा बस्ने मानिसहरू निकै जोखिममा हुन्छन् । त्यसैले हावा राम्रोसँग आवतजावत नहुने घरहरू, बस, कोठाहरू र अन्य यस्ता स्थानहरू झन् धेरै जोखिमपूर्ण हुन्छन् । जहाँ एक दशमलव ८ मिटरको भौतिक दुरी कायम राख्नुले पनि काम नगर्न सक्छ ।
यसरी एरोसोल्सबाट बन्द कोठाभित्रको हावामा नै रहेको कारण संक्रमितसँगको भौतिक दुरी कायम राख्दा पनि संक्रमित बनेको धेरै उदाहरण पाइएको विशेषज्ञहरूले बताउँदै आएका छन् ।
रेस्टुरेन्टमा डिनर गर्ने क्रममा पनि चीनमा धेरै मानिसहरू संक्रमित भएको उदाहरण पनि पाइन्छ । त्यस्तै, अमेरिकामा मार्च १० मा भएको एक रिहर्सलमा अंकमाल नगर्ने, हात नमिलाउने, स्यानिटाइजरको प्रयोग गर्नेजस्ता मापदण्ड पुर्याउँदा पनि आठ जना बिरामी परेका थिए भने दुई जनाको मृत्युसमेत भएको थियो ।
यस विषयमा डब्ल्यूएचओले एरोसोल्सको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने भए पनि यस किसिमको संक्रमण इन्टुबेसन लगायतका उपचारको प्रक्रियाको क्रममा मात्र हुन सक्ने बताएको छ ।
यो सबै बताई रहंदा कोरोना संक्रमण जुन सुकै मध्यम बाट भएपनि नाक मुख र आँखा सम्म पुग्न पाएमा मात्र यसले संक्रमणको रुप लिने विश्व स्वास्थ्य संगठनले यस अघि नै जनाइसकेको छ।
त्यसैले विश्व स्वास्थ्य संगठनले यस अघि घोषणा गरेका सबै किसिमको सावधानी अपनाउदै नाक, आँखा र मुखलाइ बाहिरी हावाबाट सुरक्षित राख्न सकेमा भाइरस बाट सुरक्षाको थप एक माध्यम हुन सक्छ।