प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा
प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा
१७ असार २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पतालमा पुगेका छन् ।
अस्पताल स्रोतका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका हुन् ।
उनि त्यहाँ भर्ना हुने वा सामान्य चेकजाँच पछि फर्किने बारे केहि बताइएको छैन।
