Breakingसमाज

इटहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

इटहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

१४ असार २०७७ सुनसरी : सुनसरीको इटहरीमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

इटहरी–८ गैसारमा बेवारिसे अवस्थामा एक पुरुषको सब भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृतक पुरुषको वतन खुल्न सकेको छैन । उनको पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।