जागिर बाट हटाएको निहुमा आफ्नै शरीरमा आगो लगाएका बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु
जागिर बाट हटाएको निहुमा आफ्नै शरीरमा आगो लगाएका बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु
२७ जेठ २०७७ अछाम : जागिर बाट हटाएको निहुमा पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको गेटमा गएर आफ्नो शरीरमा आगो लगाएपछि सोहि अस्पतालमा उपचार हुन नसकेपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो । अस्पताल पुर्याएको आधा घन्टामा उनको मृत्यु भएको सँगै गएका मीन बोहराले जानकारी दिए ।
‘अस्पताल दिउँसो साढे ३ बजे पुगेका हौं । ४ बजे अस्पतालले मृत्यु भएको घोषणा गरेको हो,’ उनले भने । उनका अनुसार एक वर्षअघि सिद्धार्थले खाडी मुलुकमा जाने तयारी गरेका थिए । घर नजिकैको बयालपाटा अस्पतालमा चर्पी सरसफाइ गर्नका लागि विज्ञापन खुलेपछि उनले निवेदन दिएर काम पाएका थिए ।
अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए । ‘अस्पतालबाट हटाइएको बेलादेखि नै उनी मानसिक तनावमा थिए । फेरि अस्पतालले काम दिन्छ कि भनेर जाने गरेका थिए ।’ उनका छिमेकीसमेत रहेका बोहराले भने ।
