सनिबार नयाँ पुस्टि संगै ७७ जिल्लामै भेटिए कोरोना संक्रमित
सनिबार नयाँ पुस्टि संगै ७७ जिल्लामै भेटिए कोरोना संक्रमित
१३ असार २०७७ काठमाडौँ : नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै मुलुकमा कोरोना संक्रमतिको संख्या १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो ।
