Breakingकोरोनाभाइरसदेशराजनितीसमाचार

डेढ घण्टामै उल्टियो उपत्यका बाहिर जाने दिने निर्णय

डेढ घण्टामै उल्टियो उपत्यका बाहिर जाने दिने निर्णय

२७ चैत २०७६ काठमाडौँ : कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण उपत्यकामा फसेका व्यक्तिहरुलाई चैत २८ र २९ गते आ-आफ्नो घर जना दिने भनि गरेको निर्णय सरकारले डेढ घण्टा पनि नबित्दै उल्टाएको छ।

प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो । प्रदेश सरकार संग समन्वय नगरी गरेको निर्णयमा संघिय सरकार डेढ घण्टा पनि टिक्न सकेन।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । सो निर्णय गरिएको र यसबारे गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो ।

तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।

गहृ मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको छ ।