कोरोनाका कारण अमेरिका र ‘विश्व स्वास्थ्य संगठन’ बीच वाक युद्ध
कोरोनाका कारण अमेरिका र ‘विश्व स्वास्थ्य संगठन’ बीच वाक युद्ध
२० बैशाख २०७७ काठमाडौँ : चीनबाट कोरोना संक्रमण फैलाइएको दाबि अमेरिकाले दाबी गरिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )ले यसको खण्डन गर्दै आएको छ।
अमेरिकाले कोविड-१९ भाइरस मानव निर्मित रहेको र यो भाइरस चीनको प्रयोगशालामा तयार पारिएको अमेरिकाले बताइरहदा डब्लुएचओले भने यो भाइरस निर्मित नभएको र यो आफैँ उत्पति भएको बताएको छ।
चीनको वुहानबाट पहिलोपटक यसको परेको खबर बाहिरिए संगै चीनले अमेरिकालाई भने अहिले अमेरिकाले चीनलाई यसको दोषी बनिरहेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुअएचओ) ले एक गर्दै कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ ।
डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन ।
गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो ।
पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू उत्पति गरेको कोरोना भाइरसका कारण आफ्नो देशलाई नोक्सान पुर्याउन खोजेको प्रतिक्रिया दिएका थिए ।
राष्ट्रपति ट्रम्पले गत वर्ष डिसेम्बरमा वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना चीनका अन्य शहरमा नफैलिएकाले पर्याप्त आशंका गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका थिए ।
ट्रम्पको उक्त अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको थियो ।
शक्ति राष्ट्रहरुबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद भएपछि डब्लुएचओले भाइरसको उत्पतिका बारेमा अनुसन्धान गरिरहेको बताएको थियो ।
यता अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावना रहेको समेत बताएका छन्।
हालसम्म अमेरिकामा सबैभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकामा मात्र कोरोनाका कारण ६५ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने ११ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । (एजेन्सी)