राजनितीसमाचार

एमसीसीमा प्रधानमन्त्रीको जवाफ : सम्झौता पढ्ने कि हल्लाका पछि कुद्ने ?

एमसीसीमा प्रधानमन्त्रीको जवाफ : सम्झौता पढ्ने कि हल्लाका पछि कुद्ने ?

४ असार २०७७ काठमाडौं : नेपालमा बिबादित बनेको एमसीसीका बिषयमा प्रधानमन्त्रिले खुलेर समर्थन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा भैरहेको आलोचनाका बिषयमा कतिय आलोचकहरुमा पढ्दै नपढी विरोध गर्ने प्रवृत्ति देखिएको बताएका छन् ।

आफूले एमसीसी सम्झौता पढेको मान्छे धेरै नभेटेको बताउँदै उनले एमसीसीको विरोध गर्नेहरुको तर्क सुन्दा अचम्म लाग्ने गरेको बताए ।

विहीबार राष्ट्रियसभामा लामो मन्तव्य दिँदै प्रधानमन्त्रीले एमसीसीका विषयमा भने ‘एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका भरमा कुद्ने, जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ?’

राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रिय योजना आयोगको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओली उपस्थित भएका थिए ।

यस क्रममा उनले एमसीसी सम्झौताको बचाऊ गर्दै भने, ‘..त्यसमा (एमसीसीमा) प्रबन्ध छ, त्यो प्रबन्ध पढेर त्यो प्रबन्धमा ठीक बेठीक यहाँ यहाँ छ भन्नु एउटा कुरा हो । लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन्, के पढ्छन् ? अचम्म लाग्छ !’

प्रधानमन्त्री ओलीले देशको विकास हुन लागेकोमा चिन्ता लागेको हो भनी आलोचकलाई प्रश्न गरे । उनले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता ? कि यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता ?’