देशराजनितीसमाचार

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

४ असार २०७७ काठमाडौँ : नेपालको अध्यावधिक नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन गर्दा उपस्थित सांसदहरू सबैले पक्षमा मतदान गरेका थिए । राष्ट्रिय सभाका ५७ सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।

राष्ट्रिय सभामा एकजना मनोनित सांसदको सिट रिक्त छ भने अध्यक्ष मतदानमा सहभागी हुँदैनन् ।

उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राष्ट्रिय सभाबाट पारित गरियोस् भनेर प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभाबाट पारित भएको सूचना प्रतिनिधि सभालाई दिइनेछ । राष्ट्रिय सभाको उक्त सूचना प्रनिधिसभामा सुनाएर सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नेछन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपालको निसान छापमा अद्यावधिक नक्सा समेटिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *