अन्तरास्ट्रियसमाचार

भिडन्तपछि भारत–चीनबीच आरोप प्रत्यारोप सुरु

भिडन्तपछि भारत–चीनबीच आरोप प्रत्यारोप सुरु

४ असार २०७७ काठमाडौँ : पछिलो समय लद्दाखको पूर्वी क्षेत्रको गलवान उपत्यकासँग जोडिएको नियन्त्रण रेखा भिडन्तमा भारतीय स्सेनका एक कर्नेल सहित २० जना मारिएपछि तनाव उत्पन्न भएको छ। सोहि तनावलाइ लिएर भारत र चीन एकअर्का प्रति आरोप प्रत्यारोपमा लागेका छन्

भारत र चीनले सीमारेखा क्रस गरेको विषयमा आआफ्नै दाबी प्रस्तुत गरेका छन् । भारत र चीनको सीमारेखामा ४५ वर्षपछि दुई देशका सेनाबीच भएको भिडन्तमा २० भारतीय सेना मारिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बलिदानको मूल्य खेर नजाने बताए ।

‘वीरता हाम्रो देशको चरित्रको हिस्सा हो । भारत आफ्नो देशको सम्प्रभुताको रक्षा गर्न सक्षम छ । यसमा कुनै पनि देशलाई भ्रम नहोस्,’ मोदीले भने, ‘ भारत शान्ति चाहन्छ तर कसैले हामीलाई उक्साउँछ भने त्यसको जवाफ दिन पनि सक्षम छौं ।’ उनले चीनसँगको मतभेदलाई विवादमा नबदल्न सधैं प्रयास गरेको बताए ।

‘समय आएपछि देशको सम्प्रभुताको रक्षा गर्न हामीले आफ्नो क्षमता प्रस्तुत ग¥यौं,’ उनले भने, ‘भारतको सम्प्रभुता हाम्रा लागि सर्वोच्च छ । त्यसको रक्षा गर्न हामीलाई कसैले रोक्न सक्दैन । म देशवासीलाई भरोसा दिलाउन चाहन्छु– हाम्रा जवानको बलिदान व्यर्थ जाँदैन ।’

चीनको विदेश मन्त्रालयले लद्दाखको पूर्वी क्षेत्रको गलवान उपत्यकासँग जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तमा आफ्नो कुनै भूमिका नरहेको बताएको छ । भारतका तर्फबाट एलएसी नाघ्ने काम भएको र उक्साइएकाले नै चिनियाँ आर्मीले प्रतिकार गरेको चीनको विदेश मन्त्रालयले दाबी गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘यसमा सही र गलत स्पष्ट छ । यो घटना एलएसीको चीनतर्फको भागमा भएको हो, सोही कारण चीनलाई दोष दिन मिल्दैन,’ उनले भनेका छन्, ‘गलवान उपत्यकाको सम्प्रभुता सदा चीनसँग रहेको छ । भारतीय सैनिकले सीमा नियम र कमान्डर तहमा भएको वार्ताको सहमति गम्भीर रूपमा उल्लंघन गरेका हुन् ।’ (राजधानी दैनिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *