Breakingदेशराजनितीसमाचार

संविधान संशोधन विधेयक संसदमा दर्ता

संविधान संशोधन विधेयक संसदमा दर्ता

९ जेठ २०७७ काठमाडौं : नयाँ नक्सा जारि गरेपछि आएको संबैधानिक जटिलता चिर्न सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।