मेसी चम्किंदा बार्सिलोनाको जित
मेसी चम्किंदा बार्सिलोनाको जित
३ असार २०७७ काठमाडौं : बार्सिलोना फेरी आफ्नो शिर्ष स्थान कायम गर्न सफल भएको छ। गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई पराजित गर्दै स्पानिस ला लिगामा रियल मड्रिडसँग अंकदूरी बढाउदै शिर्ष स्थानमा रहन सफल भएको हो । बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको हो ।
कोरोनाभाइरस महामारीपछि घरेलु क्याम्प क्याम्प नोउमा पहिलो पटक खेलेको बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले र अंशु फाटीले एक एक गोल गरेका छन् ।
बार्सिलोनाले दर्शक बिना पहिलो पटक घरेलु मैदानमा खेलेको हो ।
खेलको ४२औं मिनेटमा फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेसीले ६९औं मिनेटमा पेनाल्टिबाट गोल गरेका थिए ।
६४औ मिनेटमा एन्टोनी ग्रीजमनले गोल गरेपनि भिएआरले अस्वीकृत गरेको थियो ।
जितपछि २९ खेलबाट लिग लिडर बार्सिलोनाले ६४ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिड ५९ अंकसहित दोस्रो स्थानमा छ ।
