कोरोनाभाइरससमाचार

बुधबार थप ५८६ मा कोरोना संक्रमण भेटियो, संक्रमित ७१७७ पुग्यो

बुधबार थप ५८६ मा कोरोना संक्रमण भेटियो, संक्रमित ७१७७ पुग्यो

३ असार २०७७ काठमाडौं : थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बुधबार भेटिएको संक्रमित संख्या फेलापरेका संक्रमितहरु मध्ये अहिले सम्म कै उच्च रहेको पाइएको छ।

नयाँ संक्रमित फेला परेसंगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । १ असारमा उनको स्वाब संकलन गरिएको थियो ।

यो संगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् ।