फुटबल

लियोनेल मेस्सी: ‘आपराधिक कार्य’ गर्दै सेल्फी लिन खोज्ने फ्यान पक्राउ

लियोनेल मेस्सी: ‘आपराधिक कार्य’ गर्दै सेल्फी लिन खोज्ने फ्यान पक्राउ

१ असार २०७७ एजेन्सी : ला लिगा अन्तर्गत सनिबार राती भएको फुटबल खेल जारि रहेको बेला बन्द स्टेडियममा बार्सिलोना स्टार लियोनेल मेस्सी सेल्फी लिन एक व्यक्ति स्टेडियम छिरेपछि सुरक्षा उल्लंघन गरेको आरोपमा पक्राउ परेका छन्।

अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा प्रवेश गएका ति प्रशंसकले मेस्सीको नाम र नम्बरसहित मैदानमा देखा परे । उनि शनिबार भएको खेलको दोस्रो हाफमा मल्लोर्का संगको खेल जारी रहेका बेला उनि देखा परेका थिए।

उनले सुरक्षाकर्मीलाइ समेत छक्याएर मेस्सीको करिब दुई मिटर नजिक पुगेर सल्फी खिच्न सफल भएका थिए ।

ला लीगाले भने यो घटना “आपराधिक कार्य” भएको बताउँदै उक्त घटनाको निन्दा गरेको छ।

“यस प्रकारको आचरणले अरूको स्वास्थ्यलाई जोखिममा पार्छ र प्रतिस्पर्धाको अखण्डतालाई हानि पुर्‍याउँछ,” ला लिगाले भन्यो ।

मैदान प्रवेश गरेर सेल्फी लिन सफल ति फ्यानले मल्लोर्काको स्टेडियममा प्रवेश गर्न दुई मिटर अग्लो बार बनाएर छिरेको दावी गरे।

ति फ्यानले भने, “मैले यो योजना तब बनाएको थिएँ जबदेखि मैले मेस्सी भएको बार्सिलोना र मलोरका बिचको खेल यस स्टेडियममा हुन्छ भन्ने थाहा पाए । अनि मा मेस्सी भेट्न र फोटो खिच्न लालायित भए किनकि ऊ मेरो आइडल हो”।