कोरोनाभाइरसदेशराजनितीसमाचार

लकडाउन दुई हप्ता थप्ने तयारी

लकडाउन दुई हप्ता थप्ने तयारी

४ बैशाख २०७७ काठमाडौँ : वैशाख २५ गते थप गरिएको लक डाउन सोमबार सकिने भए पनि सरकारले फेरि कम्तीमा दुई हप्ता लक डाउन लम्ब्याउने तयारी गरेको छ।

दिनदिनै कोरोना भाइरसको संक्रमित बढिरहेको र शनिबार कोभिड–१९ कै कारण सुत्केरी महिलाको मृत्यु भएपछि सरकार लक डाउन लम्ब्याउने तयारीमा पुगेको हो।

कोरोना रोकथाम तथा उपचारका लागि भएका प्रयासबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समन्वय समितिको बैठक बसिरहेको छ ।

बैठकले कम्तीमा दुई साता लक डाउन थप्न सरकारलाई सिफारिस गर्ने एक मन्त्री जानकारी दिए।

समन्वयन समितिको सिफारिसका आधारमा बेलुका बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि थप गर्ने ती मन्त्रीले जानकारी दिए। चैत ११ गतेदेखि सुरु भएको लक डाउन दुई महिना पुग्न लाग्दा नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ भने एकको मृत्यु समेत भएको छ ।