देशराजनितीसमाचार

मोटरसाइकलमा पनि जोर–विजोर लागू हुने

मोटरसाइकलमा पनि जोर–विजोर लागू हुने

१ असार २०७७ काठमाडौँ : संक्रमण फैलिन नदिन सरकारले अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू गर्ने भएको छ ।

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएकाे थियाे । तर, पुन: ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ ।

दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको उनले बताए । यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।