Breakingसमाचारसमाज

रुपन्देहीका एक युवकले गरे आफ्नै ५ साथीको हत्या [अपडेट]

रुपन्देहीका एक युवकले गरे आफ्नै ४ साथीको हत्या

२७ जेठ २०७७ रुपन्देही : रूपन्देहीमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेर फरार भएका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा सो घटना भएको हो । घटनामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिँदै छ । उनको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा एक जना महिला र तीन जना पुरुष छन् ।

मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए ।

मंगलापुर प्रहरी चौकी इन्चार्ज थापाले प्रहरी टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनका अनुसार अहिले प्रहरीले घटनाको विवरण संकलन गर्दै छ ।

किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन । वडाध्यक्ष ब्यासमुन थारुले पनि घटनाको पुष्टि गर्दै आफू त्यस गाउँमा जान लागेको बताए ।