रुपन्देही हत्या अपडेट: राती नै हत्या गरेर लाश तन्नामा बेरिएको थियो
रुपन्देही हत्या अपडेट: राती नै हत्या गरेर लाश तन्नामा बेरिएको थियो
२७ जेठ २०७७ रुपन्देही : रुपन्देही तिलोतमा नगरपालिका मैनाहावा गंगादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने ब्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।
रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदारहरु हुन । दुई जना भने स्थानीय हुन ।
मृतकहरुमा एक महिला र चार पुरूष रहेका छन् । घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरुको पुरा परिचय अझै खुलेको छैन । सो फर्म स्थानीय कृष्ण पुनको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिंजालीले पांचै जनालाई तन्नाले बेरेका थिए ।
सिंजालीले कोदालो प्रहार गरीे हत्या गरेको प्रहरी अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी टोली घटनास्थलमा घटिएको बताउनु भयो । स्थानीयले सिंजाली मानसिक सन्तुलन गुमाएका ब्यक्ति रहेको जनाएका छन् ।फर्म सञ्चालक पुनले बिहान पौने पाFच बजे द”ध लिन आउँदा घटना देखेका थिए । हत्या आरोपी सिंजालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेरे आएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।