दैलेख बन्दैछ कोरोनाको इपिसेन्टर
दैलेख बन्दैछ कोरोनाको इपिसेन्टर
२५ जेठ २०७७ दैलेख : कोरोना संक्रमितको सख्या दैनिक रुपमा बढ्दै जान थालेपछि दैलेखका दुई स्थानीय तह कोरोनाको इपिसेन्टर बन्ने खतरा बढ्दै गएको छ । जिल्लाका ११ स्थानीय तहमा ३५५ कोरोना संक्रमित हुदाँ दैलेखको नारायण नगरपाकिलामा १९५ र महावुगाउँपालिमा १०८ जना संक्रमित फेला परेका छन । यहाँ शनिवार सम्म ३ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सख्या हालसम्म संक्रमण पुष्टि भएका मध्ये ६० प्रतिशत हो । कर्णाली प्रदेशमा संक्रमित सख्या ५८७ पुगेको छ ।
जेठ १० मा नारायण नगरपालिकाका २५८ जना भारतबाट घर आए । महाराष्ट्र र गुजरातबाट फर्किएका उनीहरूलाई जाँचैबिनै १४ दिनसम्म सदरमुकामस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो . उनीहरु मध्ये ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको भएपनि दुई दिनसम्म उनीहरुलाई छुट्याएर अन्य स्थानमा राख्न नसक्दा धेरैमा संक्रमण देखिएको छ ।
स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले संक्रमण देखिएका ब्यक्तिलाई ठाउँ अभावका कारण समयमै दुई दिन सम्म एकै स्थानमा राख्नु परेका कारण पनि जिल्लामा संक्रमणको दर बढ्दै गएको बताए उनले भने हामीले क्वारेन्टाइन निर्माण कम भयो भारतबाट फर्कनेको सख्या बढ्दै गयो एकै स्थानमा राख्दा त्यसको परिणाम अहिले भोगिरहेका छौ ।
जिल्ला प्रहरी कार्यालयका दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर वलीले जिल्लाका ११ स्थानीय तहमा २ सय ३३ स्थानमा बनाइएका क्वारेन्टाइनमा अहिले १२ हजार ८ सय ८४ जना बससीरहेका बताउनुभयो उहाँले भन्नुभयो नारायण नगरपालिकामा १ हजार ४ सय ३७, दुल्लुमा १ हजार ३७ र महाबुमा १ हजार ४ सय ३७ शय्याका क्वारेन्टाइन बनाइएका छन् । त्यती बनाउँदा पनि अट्ने अबस्था छैन प्रहरीलाई समेत सुरक्षा दिन समस्या भएको छ ।
भारतबाट घर फर्किनेहरू बढ्दै गएपछि संक्रमण देखिएका ३ वटै स्थानीय तहका सबै क्वारेन्टाइन भरिएका छन् । यसअघि आरडीटी गरिएका ३०८ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । भारतबाट फर्किएका धेरैको स्वाब परीक्षण नभएकाले संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य सेवा कार्यालयका डाक्टर निरञ्जन पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो संक्रमितको सख्या बढ्न थालेपनि उपचार कहा राखेर गर्ने भन्ने समस्या छ अव स्वास्थ्य स्वास्थ्य मन्त्रालयलले जारी गरेको पछिल्लो निर्देशिका अनुसार जान्छौ संक्रमण भएपनि उच्च समस्यामा परेकालाई आइसोलेसन र अन्यलाई क्वारेन्टाइनमा राखेर उपचार गर्नुको विकल्प छैन ।
संक्रमित बढ्दै गएपछि महाबु गाउँपालिकासहित नारायण र दुल्लु नगरपालिकाले क्वारेन्टाइनलाई नै आइसोलेसन बनाउन थालेका छन् । मापदण्डअनुसार जिल्ला अस्पतालमा ४० शय्याको आइसोलेसन बनाइएको छ । अस्पताल प्रमुख डा नीरञ्जन पन्तले ४० बेडको आइसोलेसनमा ३५ जना संक्रमितको उपचार भइरहेको बताउनुभयो । उहाँँका अनुसार अस्पतालमा ५ शय्याको आईसीयू बनाइएको छ भने २ वटा भेन्टिलेटर छन् ।
संक्रमित बढेपछि उपचार र व्यवस्थापनमा समस्या भएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो हामीले क्वारेन्टाइनमा रोखेका नागरिकको समयमै परीक्षण गरेर रिर्पोट दिन सकेको भए आज यो अबस्था आउने थिएन रिपोर्ट ढिलो आउनु नै सबैभन्दा ठूलो समस्या भएको छ । महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले स्थानीय तहले जति ब्यवस्थित गरौँ भन्दा पनि नसकिने रहेछ रिर्पोट ढिला आउन थाले जनता आफै घर हिड्न थालेपछि चुनौती बढ्दै गएको छ । यो बेला संघ र प्रदेश सरकारले चिकित्सक पठाएर तत्काल उनीहरुको स्वास्थ्य जाँच गर्नुपर्थो संघ र प्रदेश सरकार के हरेर बसेको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले स्वास्थ्य मन्त्रालयले पटक पटक पठाउने निर्देशनले समेत समस्या भएको बताउनुभयो । उहाँले आरडिटि गरेर घर पठाउँ भन्छ । घर पठाएको दुई हप्ता पछि कोरोना संक्रमण भएको पुष्टिको खवर आउँछ उनीहरुलाई गाउँमा गएर खोज्न’ पर्छ यो दर्दनाक अवस्था बाट आफुहरु गुज्रीरहेको बताउनुभयो ।
उहाँले मन्त्रालयमा पटक पटक ताकेता गरेका छौ मन्त्री ज्युलाई पनि स्थानीय जनप्रतिनिधीहरुले पनि भनिरहनु भएको छ तर वास्ता नभएका कारण समस्या बढ्दै जान थालेका छ ।