राजनिती

नेकपाले बोलायो सचिवालय बैठक, ‘एमसीसी’मा छलफल हुने

नेकपाले बोलायो सचिवालय बैठक, ‘एमसीसी’मा छलफल हुने

२५ जेठ २०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको छ ।

सोमबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।

लामो समयदेखि नेकपा भित्रै बिबादास्पद रहेको एमसीसीका बिषयमा
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदबाट तत्काल पास गर्ने पक्षमा छन् ।

तर अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।

कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ ।