झापामा पनि भेटिए कोरोना संक्रमित
झापामा पनि भेटिए कोरोना संक्रमित
१२ बैशाख २०७७ काठमाडौँ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण प्रदेश १ को झापामा पनि फेला परेको छ। यो संगै नेपालमा कुल संक्रमितको संख्या ४९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले सुक्रबार प्रेस बक्तब्य जारि गर्दै झापामा १ नयाँ संक्रमित फेला परेको जनाए को हो। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार झापामा १ जना नयाँ संक्रमित फेला परेको पुष्टी भएको हो | संक्रमित व्यक्ति झापा निवासी ६२ बर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ |
मन्त्रालयका सहप्रबक्ता डा. समिरकुमार अधिकारीले फेला परेका व्यक्ति यस अघि नै आइसोलेसनमा राखेर उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।