Breakingकोरोनाभाइरसदेशसमाचार

नेपालमा कोरोनाबाट हालसम्म ११ को मृत्यु, आजै मात्र थपिए २७८ जना संक्रमित

नेपालमा कोरोनाबाट हालसम्म ११ को मृत्यु, आजै मात्र थपिए २७८ जना संक्रमित

२३ जेठ २०७७ काठमाडौं : शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण र थप एक जनाको मृत्यु भएको पुस्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ कुल संक्रमित को संख्या २९ सय नाघेको छ।

संक्रमित हरु २६७ जना जना महिला रहेको पाइएको छ। जसमध्ये झापाको गौरादहमा एक जना नयाँ संक्रमित फेला परेका छन। संक्रमित २० बर्षीय पुरुस रहेको मन्त्रालयले जनाएको छ।

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय १२ जना पुगेका छन् ।

मृत्यु भएका मृत्यु भएका व्यक्ति सुर्खेत पंचपुरीका २८ बर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। उनि गत जेठ ८ गते भारतबाट आएको र स्थानीय क्वारेन्टिनमा १४ दिन बसेर २२ गते घर गएका थिए। घर पुगेकै दिन उनको मृत्यु भएको थियो।

शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ का विभिन्न जिल्लाका ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।