अन्तरास्ट्रियकोरोनाभाइरसस्वास्थ्य

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

२० चैत २०७६ काठमाडौं : छिमेकी मुलुक भारतमा कोरोना भाईरसका कारण ५८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ हजार पुगेको छ ।

कोरोना भाईरसका कारण विश्व नै आतंकित भईरहेका बेला सयुंक्त राष्ट्र सघंले अब विश्व समुदाय दोस्रो विश्वयुद्धपछि कै भयावह स्थितिबाट गुज्रिनुपर्ने चेतावनी दिएको छ ।

विश्वभर कोरोना संक्रमितकोे संख्या ९ लाख ३५ हजार ७५१ पुगेको छ भने भाइरसको संक्रमणबाट ४७ हजार २४१ ले ज्यान गुमाईसकेका छन् ।

कोरोना संक्रमणका कारण अमेरिकामा चीनमा भन्दा बढी मानिसको ज्यान गएको छ । यस भाईरसका कारण अमेरिकामा करिब २ लाख मानिसले ज्यान गुमाउने अनुमान गरिरहेको र हाल ५ हजारभन्दा बढीको मृत्यु भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले जीवन मरणको अवस्था आएकोले कोरोनाबिरुद्धको नियम कडाईका साथ पालना गर्न आफ्ना देशवासीलाई आग्रह गर्नुभएको छ ।

यसैबीच, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई सहयोग गर्ने बताए लगत्तै एक रुसी सैनिक विमान स्वास्थ्य सामग्री लिएर अमेरिका उडेको रुसले पुष्टि गरेको छ । कोरोनाबिरुद्ध कसरी जाने भनेर हिजो दुई देशका राष्ट्रपतिबिच टेलिफोन वार्ता भएको थियो ।