जुवा खालबाट पक्राउ परेका मारवाडी व्यापारी धरौटीमा छुटे
जुवा खालबाट पक्राउ परेका मारवाडी व्यापारी धरौटीमा छुटे
२३ जेठ २०७७ काठमाडौँ : जुवा खालबाट पक्राउ परेका ९ जना व्यापारी धरौटी बुझाएर छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आरोपित अशोक अग्रवाललाई ४० हजार र बाँकी ८ जनालाई जनही ३० हजारका दरले धरौटी लिएर तारेखमा छाडेको हो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले पाँच दिनअघि कमलादीको एक होटलबाट उनीहरुलाई नगद र जुवासहित पक्राउ गरेको थियो ।