राजनितीसमाचार

नेपाली कांग्रेसले पनि संविधान संशोधन बिधेयक दर्ता गर्ने

नेपाली कांग्रेसले पनि संविधान संशोधन बिधेयक दर्ता गर्ने

२० जेठ २०७७ काठमाडौँ : प्रमुख प्रतिपक्ष दल कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । कांग्रेस सांसद अमरेशकुमार सिंहले केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको बताए ।

संशोधन विधेयक दर्ताका लागि सिंह, चित्रलेखा यादव, अभिषेक कुमार सिंहलगायतका सांसदहरु संघीय संसद् सचिवालयमा पुगेका छन् । संशोधन विधेयक प्रति सिंहले भने, ‘पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गर्न लागेका हौं । केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गर्न लागेका हौं ।’

यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।

सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न संविधान संशोधन विधेयक संसद्‍मा पेस भइसकेको छ ।

२०७४ को भदौमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा पेश गरेको विधेयकमा सीमाङ्कन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधत्वका विषय छन् । त्यतिबेला यो विधेयक मतदानबाट अस्वीकृत भएको थियो ।